Public Pana
लुम्बिनीका ७ मन्त्रीको आज सपथ

 लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियतको शपथ आज हुने भएको छ । 

प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । जसअनुसार  जोखबहादुर महरा आर्थिक मामिलामन्त्री,  चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज सपथ लिनेछन । 
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update