Public Pana
भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार


भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ ।
 
टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चार माध्यमले जनाएका छन । 

उता, भुकम्प गएको चार दिन पछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ ।
 
यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनवाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै  थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका
स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । चार दिन पछि जिउँदै फेला परेकी आमा होसमा भए पनि बोल्न सक्ने अवस्थामा थिइनन । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भईरहेको छ । 
 
टर्की र सिरियामा गएको ७.८ रेक्टरकाे भुकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ ।
 
विश्व स्वास्थ्य संगठनले भुकम्पमा ज्यान गुुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीवाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको छ । 
 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update