Public Pana
सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजात

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पुर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात झिकाइएको जानकारी दिए । 

न्यौपानेले  काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात  मगाइएको भन्दै प्राप्त गर्ने वित्तिकै आवश्यक अध्ययन शुरु गर्ने बताए । 

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए। काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए।

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update