Public Pana
राष्ट्रपति भण्डारीद्धारा २८ माघमा बिदाईभोजको आयोजना


राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्।
 
राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।
 
संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशाेर यादवले जानकारी दिए । 
 
राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उचच अधिकारी कुटनीतिक नियाेगका पमुखहरु उपस्थित हुनेछन् ।
 
आगमी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लागेकी हुन ।
 
नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।
 
निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update