Public Pana
कुलमान प्रकरणले राजा ल्याउने अभियानमा लागेको राप्रपा उत्साहित, समय अनुकल बन्दै गएको विश्लेषण

राजतन्त्र फकाउने अभियानमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मुल आयोजक समितिले आवश्यक रणनीति बनाउन छलफल अघि बढाएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एक पार्टी प्यालेसमा रणनीतिक छलफल भइरहेको पार्टीका महामन्त्री शरदराज पाठकले जानकारी दिए । 
राप्रपाको गत चैत ५ गतेको बैठकले राजसंस्था, हिन्दू राष्ट्र स्थापना र संघीयता खारेजीको एजेन्डासहित सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो । 

बैठकमा राप्रपाका सबै शीर्ष नेताहरु उपस्थित छन् । पछिल्लो समय संस्थापनइतर समूहमा रहेका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेताद्वय पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणाको पनि उपस्थित रहेको छ ।

उनीहरु नवराज सुबेदीले नेतृत्व गरेको समूहमा पनि छन् । राणा उक्त समूहले गठन गरेको आन्दोलन परिचालन समितिका संयोजक हुन् ।


आफुहरुको आन्दोलन जारी रहेका बेला सरकारले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दा थप अनुकुल समय आएको भन्दै छलफलमा राप्रपा नेताहरुले यस समयलाई आन्दोलनको अवसरको रुपमा लिनुपर्ने धारणा राखेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update