Public Pana
पल शाहलाई बलात्कार मुद्दामा सफाइ


अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्।
जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्।
बलात्कार आरोपबाट सफाइ पाए पनि पलले बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति  पाएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। 
‘पल शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन्, उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको छ,’ उनले भने, ‘बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको छ।’
जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।
जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए। 
पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update