
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।
घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने रु’ भन्दै स्पष्टीकरण सोधेको थियो र सोमवारको वैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
यसअघि फागु २३ गते मन्त्रिपरिषद् बैठकले चार प्रमुख आधारमा घिसिङलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेको थियो ।
जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधे पनि त्यसैका आधारमा मात्र घिसिङलाई पदमुक्त गर्न नसकिने देखिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई सफाइ पेस गर्न मौका दिने निर्णय गरेको थियो ।
कुलमानलाई हटाउने निर्णय संगै सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्याकारी नियुक्त गरेको छ । उनी एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार हुन ।
उनी यसअघि पनि प्राधिकरणको कार्यकारी प्रमुख थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला शाक्यलाई हटाएर तत्कालिन सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशन नियुक्त गरेको थियो ।