Public Pana
राष्ट्रपति चयनका बिषयमा असझदारी बढेपछि प्रधानमन्त्री पुगे ओली निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन ।

रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्विकार गरे पछि दुवै नेता बिचमा पनि समझदारीमा समस्या आउन देखा परेकोको अवस्थामा दुवै नेता बिच भेटघाट वाक्लिन थालेको हो ।

सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर, निष्कर्ष भने निष्कन सकेको छैन । 
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update