जसपाको नयाँ पार्टी कार्यालय ललितपुरको ग्वार्कोमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।
आइतबार पार्टी ललितपुर महानगरपालिका–७ ग्वार्कोमा अध्यक्ष आशोक कुमार राईले रिवन काटेर नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा जसपाका शिर्ष नेताहरुसहित कार्यकर्ता उपस्थित रहेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १२:४८
प्रतिक्रिया दिनुहोस्