Public Pana
टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे

टर्कीमा साेमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन । 
मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।
अस्तु सम्पकबिहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको िथयाे । सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो । 
साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।
टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update