Public Pana
बालहिंसाको आरोपमा डा. साहविरुद्ध पक्राउ पुर्जी जारी

 

जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिए  ।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गरेका थिए । । 

यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो ।  यसपछि प्रहरीले उनीमाथी अनुसन्धान सुरु गरेको छ । डा साह जलेश्वर नगरपालिका–५ महोत्तरी जिल्ला निवासी हुन ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update