Public Pana
विमलाको गोलमा  किर्गिस्तानमाथि नेपालको जित

काठमाडौ । नेपालले काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ ।

नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औं मिनेटमा नेपालकी विमला चौधरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

आजै सम्पन्न च्याम्पियनसिपको पहिलो खेलमा म्यान्मारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

त्यस्तै अब फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने  सोहि दिन किर्गिस्तान र म्यान्मार खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update