इन्धनको मुल्य परिवर्तन

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य परिवर्तन गरेको छ ।
निगमले आजदेखि लागु हुनेगरी पेट्रोलमा एक रुपैयाँ बढाएको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको जनाएको छ ।
शनिबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार पेट्रोलमा रु. ०.५८ प्रतिलिटर बढेर आएको छ भने डिजल/मट्टीतेलमा प्रतिलिटर ३.५९ रुपैयाँ घटेर आएको छ ।
निगमले तोकेको नयाँ मुल्य अनुसार काठमाडौँमा पेट्रोलको प्रति लिटर १६८ रुपियाँ भएको छ भने डिजल/मट्टीतेलको प्रतिलिटर १५६ रुपैयाँ भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ ०५:५८
प्रतिक्रिया दिनुहोस्