Public Pana
युक्रेनलाई संलग्न नगरेसम्म युद्ध सम्बन्धी कुनै पनि सम्झौता स्वीकार हुदैन- जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूस-युक्रेन युद्धको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणीप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

जेलेन्स्कीले युक्रेन संलग्न नगरेसम्म युद्ध सम्बन्धी कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।

उनले भने, 'यो सम्झौता रूस र अमेरिका बीचको द्विपक्षीय वार्ताको रूपमा रहनु हुँदैन भन्ने कुरा मनमा राख्नु महत्त्वपूर्ण छ । हामी कहिल्यै पनि स्वीकार गर्दैनौं कि सबै कुरा पुटिनको योजना अनुसार हुन्छ ।'

जेलेन्स्कीले युद्धमा सम्झौताको बारेमा कुरा भइरहेको छ भने, युक्रेन र अन्य युरोपेली साझेदारहरूलाई पनि यसमा समावेश गर्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच चलिरहेको युद्ध अन्त्य गर्ने बारे पुटिनसँग कुरा गरेको र छिट्टै वार्ता शुरुहुन सक्ने बताएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।

जेलेन्स्कीले भने, 'मैले राष्ट्रपति ट्रम्पलाई भनेको छु कि युक्रेनको लागि पहिलो प्राथमिकता सुरक्षाको ग्यारेन्टी गर्नु हो र यो अमेरिकी सहयोग बिना सम्भव छैन ।'

त्यस्तै बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि प्रतिक्रिया दिदै युक्रेनलाई केन्द्रमा राखेर सहमति गर्नुपर्ने बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update