Public Pana
ट्रम्प र मोदीबीच भेटवार्ता

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तापछि मोदी र ट्रम्पले पत्रकार सम्मेलन आयोजना गर्दै दुई द्विपक्षीय वार्ता व्यापारमा केन्द्रित भएको र ट्रम्पले भारतबाट आयातमा समान शुल्क लगाउने बारेमा कुरा गरेको बताइएको छ ।

ट्रम्पले भारतले हामीमाथि जतिसुकै कर लगाए पनि, हामी उनीहरूमाथि पनि कर लगाउने बताए । करको बारेमा ट्रम्पले भने, 'हाम्रा सहयोगीहरू हाम्रा शत्रुहरू भन्दा पनि खराब छन् ।'

प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने कुनै पनि भारतीय नागरिकलाई फिर्ता लैजाने वाचा गरेका थिए ।

ट्रम्पले भारतले अमेरिकाबाट बढी तेल र ग्यास किन्ने बताएका छन् । भारतले हाल रुस, इराक र साउदी अरेबियाबाट लगभग ९० अर्ब डलरको तेल र ग्यास खरिद गर्दछ ।

ट्रम्पले पाँच बर्ष अगाडी गरेको भारत भ्रमणको सम्झना गर्दै भारतसँगको साझेदारी बढाउदै लैजाने बताए ।    

मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धको पनि उल्लेख गर्दै  रुस-युक्रेन द्वन्द्वमा भारत तटस्थ नरहेर शान्तिको पक्षमा रहेको स्पष्ट गरेका थिए । मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासको पनि प्रशंसा गरे ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update