दिल्ली विधानसभाको मतगणना आज
![दिल्ली विधानसभाको मतगणना आज](https://www.publicpana.com/uploads/posts/Delhi_1-1738944868.jpg)
काठमाडौँ । भारतको दिल्ली विधानसभाको मत गणना आज हुदै छ । बुधबार भएको मतदानको आज मतगणना हुन लागेको भारतको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशको ७० विधानसभा सिटका लागि ६९९ उम्मेदवारले प्रतिष्पर्धा गरेका छन् । यस पटकको चुनावमा आम आदमी पार्टीको सत्तामा पुनरागमन मुश्किल हुने विभिन्न एक्जिट पोलले विश्लेषण गरेका छन् । एक्जिट पोलले भारतीय जनता पार्टी सत्तामा आउने अनुमान गरेका छन् ।
आम आदमी पार्टी २०१५ र २०२० को चुनाव जितेर लगातार सत्तामा रहेको छ । दिल्लीमा १९९३ देखि भारतीय जनता पार्टी सत्ता बाहिर रहेको छ । १९९८ देखि २००८ सम्म भारतीय नेशनल कांग्रेस सत्तामा रहेको थियो ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ ०६:०३
प्रतिक्रिया दिनुहोस्