Public Pana
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा समितिका प्रतिवेदन पेश गर्नेदेखि अध्यादेश स्वीकृत र अस्विकारका दुवै प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ ।

अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ  । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको छ ।

त्यस्तै सरकारले माघ १८ गते बसेको संसद बैठकमा पेश गरेका अध्यादेश आज स्वीकृत का लागि पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको सम्भावित कार्यसूची: 

Untitled-1-1738768904.jpg
Untitled-2-1738768904.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update