चितवनका न्यायाधिवक्ताको किन गरियो सरुवा ?
चितवन । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।
रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेको कारण उनलाई महान्यायाधिवक्ताको कार्यालयले काज सरुवा गरेको बुझिएको छ । उनलाई महान्यायाधिवक्ताको कार्यालयमा बोलाइएको छ ।
लुइँटेलको सरुवा गरेर बुटवल उच्च सरकारी वकिलको कार्यालयका रवि न्यौपानेलाई चितवनको जिम्मेवारी दिएको बताइएको छ ।
चितवन सरकारी वकिलको कार्यालयले मंगलबार लामिछानेसहित लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध सहकारी ठगिमा अदालतमा पुरक अभियोग दायर गरेको थियो।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ ०९:५९
प्रतिक्रिया दिनुहोस्