Public Pana
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले भोली बस्ने संसद बैठक बारे छलफल गर्न प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकको बैठक बोलाएका छन् ।

आज अपराहन्न ३ बजे बस्ने बैठकमा भोलिको संसद बैठकमा अध्यादेश पारित गर्ने सरकारको तयारी र विपक्षको सम्भावित विरोध बारे छलफल हुने बुझिएको छ ।

सरकारले माघ १८ गतेको बैठकमा पेश गरेका ६ अध्यादेश भोलिको बैठकमा पारित गर्ने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update