Public Pana
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा एक लाख ६० हजार ८०० सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य सामान्य घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update