गण्डकीको हिउँदे अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसमा आज दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशनको पहिलो दिनको बैठकको कार्यसूची आइतबार नै तयार भैसकेको छ । सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश सदनमा टेबुल गर्नेछन् ।
गण्डकी प्रदेशको बजेट अधिवेशन गत असोज ८ गते सकिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्