Public Pana
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

 नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । 

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । र यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् । 

नेपाल आएको भोलिपल्ट बिहान रिजवानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसहितलाई भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए । 

रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update