रवि लामिछानेको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

पोखरा । राष्ट्रिय स्स्वतान्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पुनरावेदन निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।
मंगलबार उच्च अदालत पोखराका न्यायाधीश मिलन कुमार राईको इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको हो ।
सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । अदालतको सो आदेशविरुद्ध लामिछानेले सोमबार पुनरावेदन निवेदन दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १८:०१
प्रतिक्रिया दिनुहोस्