Public Pana
टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते

 सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा ५०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् ।

पहिलो भूकम्प गएको केही मिनेटपछि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो ।
यसपछि पूरै क्षेत्रमा एकपछि अर्को धेरै परकम्पहरू महसुस गरिएको छ ।
टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
सिरियामा भूकम्पका कारण ठूलो जनधनको क्षति भएको समाचार छ ।
भूकम्पको बारेमा कुरा गर्दै राष्ट्रपति अर्दोआनले देशमा संकटकाल लगाएका छन् । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।
अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म ५०० भन्दा बढीको मृत्यु भएको समाचार छ ।
हालसम्म टर्कीमा मृत्यु हुनेको संख्या २८४ पुगेको छ । योसँगै सिरियामा २३७ जनाको मृत्यु भएको समाचार छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update