Public Pana
पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर 

चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।

आइतबार आयोजित एक समारोहबिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन्।

यसअघि सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईका ७ वटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छन्। सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकी छन्।

सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे। जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउनेछिन्।

‘चौधरी ग्रुप सँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको  छु,’ श्रेष्ठले भनिन्।

गोर्खाको आरूघाट- ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो। उनी पेशाले फोटो पत्रकार हुन्।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update