Public Pana
सत्तारुढ दलको बैठक आज बालुवाटारमा बस्दै

काठमाडौँ । सत्तारूढ दलहरूको बैठक आज बस्दै छ । बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छलफल हुने जनाइएको छ । 

माघ १८ गते देखि शुरु हुने संसद्को हिउँदे अधिवेशन बारे सत्ता पक्षको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।

संसदमा प्रतिपक्षी दलहरु आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाइरहेका हुनाले सत्ता पक्षले त्यसको सामना गर्ने रणनीति बनाइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update