Public Pana

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसपछि टर्की सरकारले संकटकालको घोषणा गरेको छ ।

बीबीसी टर्की सेवाका संवाददाताहरूले भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म १२० जनाभन्दा बढीको मृत्यु भएको समाचार छ । हालसम्म टर्कीमा ७६ र सिरियामा ४२ जनाको ज्यान गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण 'युएसजीएस'का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो।

यूएसजीएसका अनुसार यस भूकम्पको म्याग्निच्युड ७ दशमलव ८ मापन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update