वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर भएको छ । त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन् ।
त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै निवेदनमा कारबाहीको माग गरिएको छ ।
उक्त निवेदनमा प्रारम्भिक सुनुवाईका लागि सर्वोच्चले आइतबारलाई तोकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १५:१५
प्रतिक्रिया दिनुहोस्