Public Pana
लामिछानेलाई भोली अदालतमा उपस्थित गराउनेगरि श्रीमती र कानुन व्यवसायीको जिम्मा

बुटवल । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित हुनेगरि श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायीको जिम्मा लगाउने आदेश दिएको छ ।

आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो । 

यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित गराउन अदालतले भनेको छ । लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोपमा आज लामिछानेको बयान भएको थियो भने भोलिदेखि थुनछेक बहस हुने छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update