Public Pana
राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने


राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् ।
दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधनलाई बिदाई सम्बोधन भनेर चर्चा हुन थालेको छ ।

निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो ।


राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update