Public Pana
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वका लागि मंगलबार गरिएको मनोनयन दर्ता सर्भर डाउन भएका कारण निर्वाचन समितिले आधिकारीक रुपमा अहिलेसम्म सार्बजनिक गरेको छैन ।

नयाँ नेतृत्वका लागि माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको भएपनि सर्भर डाउन भएको भन्दै साँझ ९ बजेसम्म समय थपिएको थियो ।

निर्वाचन समितिले उम्मेदवारी भेरिफाइ गरिरहेको जनाएका बेला केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको बुझिएको छ । 

अध्यक्षका लागि सुदिन पौडेल, उपदेश यादव, हेमन्त राई, विजय प्रकाश सापकोटा, योगेन्द्र बुढा र  विश्वमणि थापाले उम्मेदवारी दिएको बुझिएको छ ।  त्यस्तै उपाध्यक्षमा समीर बुढाथोकी र सञ्जीव चौधरीसहित ११ जनाले र महासचिवमा ८ र कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएको बताइएको छ । 

निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update