Public Pana
राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ७ को सिफारिसमा संवत् २०८१ साल माघ १८ गते शुक्रबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update