Public Pana
एमालेको सचिवालय बैठक आज, वामदेवको जिम्मेवारी बारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज अपराहन्न ४ बजेका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुनेछ । बैठकमा गौतमलाई एमालेमा दिइने जिम्मेवारीको बारेमा छलफल हुने बुझिएको छ । यस अघि एकीकृत समाजवादीमा जान तयार रहेका गौतमसँग प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेपछि उनी एमालेमै फर्किन तयार भएको बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update