Public Pana
माघ १८ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने बारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।

यस अघि गत भदौं ३० गतेबाट संसद अधिवेशन अन्त्य भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update