Public Pana
ट्रम्पको आश्वासनपछि अमेरिका पुन: सुचारु भयो टिकटक

काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सेवा फेरी सुचारु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि, टिकटकले अमेरिकामा आफ्नो सेवाहरू पुनः सुरु गरेको हो ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि टिकटकलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।

टिकटकले अमेरिकामा जनवरी १९ मा प्रतिबन्धमा पर्नु अघि आफ्नो गतिविधि बन्द गरेको थियो । ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन् ।

गत शुक्रबार, अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएपछि टिकटक मुश्किलमा परेको थियो ।

अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो । 

अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update