दिलेन्द्र बडूको नेतृत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले सांसद दिलेन्द्र बडूको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो ।
आजको बैठकमा सभापति देउवाले मन्त्रीहरुले हरेका कामको अपडेट लिएका थिए । सो अवसरमा सभापति देउवाले एमालेसँग सरकार संचालनमा कुनै समस्या नरहेको स्पष्ट गर्दै सरकार सहमति अनुसार पुरा कार्यकाल चल्ने स्पष्ट गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १४:५२
प्रतिक्रिया दिनुहोस्