Public Pana
बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न राउण्ड १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरेका थिए । 

अहिलेसम्म बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन् । 

क्वाटरफाइनलको ड्र जनवरी २० मा हुने छ भने क्वाटरफाइनलका खेल फेब्रुअरीमा हुने छन् । 
  

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update