पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको दुबईमा निधन
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको दुबईको अस्पतालमा निधन भएको छ ।
उनको दुवईस्थित अस्पतालमा उपचार भइरहेको थयो ।
पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए । मुसर्रफलाई गत वर्ष जुन १० मा युनाइटेड अरब इमिरेट्सको एक अस्पतालमा भर्ना गरिएको थियो ।
एमाइलोइडोसिसको समस्यापछि बिस्तारै बिस्तारै उनको बहु अङ्गहरू फेल हुँदै गएको थियो।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्