Public Pana
दक्षिण कोरियाका पुर्व राष्ट्रपति येल पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका सुरक्षा अधिकारीहरुले महाअभियोग लगाइएका पुर्व राष्ट्रपति यून सुक येललाई पक्राउ गरेका छन् । 

मिडिया रिपोर्टका अनुसार येललाई उनको निवासबाट पक्राउ गरिएको हो । 

अघिल्लो महिना देशमा मार्शल कानुन लागु गर्ने घोषणा गरेपछि उनीविरुद्ध संसदले महाअभियोग लगाएको थियो । सो महाअभियोगको प्रस्ताव हाल सर्वोच्च अदालतमा रहेको छ । 

उनीविरुद्ध भ्रस्टाचार अनुसन्धान कार्यालयले पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न खोजेपनि उनका समर्थक र सुरक्षाकर्मीले उनको निवासमा प्रवेस निषेध गरेपछि पक्राउ गर्न सकेका थिएनन् । केहि साताअघि उनलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको थियो ।  

येलविरुद्ध धेरै विषयमा अनुसन्धान गर्ने तयारी गरिएको बेला उनलाई पक्राउ गर्ने विषयनै अहिले आएर ठुलो चुनौतीको विषय बनेको छ ।  भ्रस्टाचार अनुसन्धान कार्यालयको हालको पक्राउ पुर्जीको समय ४८ घण्टाको मात्र रहेको बताइएको छ । 
   

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update