Public Pana
रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै छन् ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका छन् । 

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्री बनाउन इन्कार गरेसँग सत्तारुढ गठबन्धनमा चिसोपना बढिरहेका बेला लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । 

सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा आइतबार नै पार्टीले निर्णय लिने उनले बताएका छन् । 

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भए छ,’ फेसबुकमा लामिछानेले लेखेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update