Public Pana
कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशीको हिमाली र पहैद क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशको मौसम पनि सफा रहने सम्भावना रहेको छ । 

त्यसैगरी लुम्बिनी प्रदेशको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

त्यस्तै कर्णाली प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको मौसम पनि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update