Public Pana
कस्तो छ आजको सात प्रदेशको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरुमा हुस्सु लागेको अवस्था छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा आज आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी आज लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । 

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update