Public Pana
छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यस्तै अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले आज सो आदेश दिएको हो ।

जोशी गत असोज ७ गते पक्राउ परेका थिए भने लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update