Public Pana
युक्रेनमा रुसको आक्रमणमा १३ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसको आक्रमणमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।

रुसको आक्रमणमा भवनमा आगो लागेको र केही सवारी साधन पनि जलेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतंकवादविरुद्ध दबाब दिन अपील गरेका छन् ।

रुसी सेनाले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । 

आवासीय भवनहरूलाई दुई निर्देशित बमले लक्षित गरिएको बताइएको छ । यसअघि दुई औद्योगिक एकाइहरूलाई लक्षित गरिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update