Public Pana
लेखा समिति सभापतिका निवर्तमान स्वकीय सचिव पोखरेल पक्राउ

विराटनगर । संसद्को सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । 

पोखरेलविरुद्ध पुस २२ गते जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिल पोखरेलविरुद्ध बौआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई आजै अदालतमा उपस्थित गराउने बताएको छ । पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले उनलाई स्वकीय सचिव पदबाट हटाएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update