घुस लिएको आरोपमा विद्यालयका लेखापाल र व्यवस्थापन समिति सदस्य पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित राजनारायण माध्यमिक बिद्यालय सहायक लेखापाल सुरेस गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको अवस्थामा गुप्ता र कहार पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ २०:१४
प्रतिक्रिया दिनुहोस्