Public Pana
सिंहदरवारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक


राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ । 
शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।


नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ । 


प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन । 
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update