तिब्बत केन्द्रविन्दु भएर आएको भूकम्पबाट नेपालमा १३ जना घाइते
काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन् । घाइते सबैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ भने रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ । त्यस्तै ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको जनाइएको छ ।
यस भूकम्पबाट चीनमा भने अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्