Public Pana
भूकम्प अपडेट: चीनमा अहिलेसम्म ५३ जनाको मृत्यु, ६२ जना घाइते

काठमाडौँ । आज बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ । 

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल सहित भारतसम्म महसुस गरिएको थियो ।

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update