Public Pana
क्यानडाका प्रधानमन्त्री ट्रुडोको राजीनामा

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री ट्रूडोले पत्रकार सम्मेलनमा सत्तारुढ लिबरल पार्टीको नेताको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । क्यानडामा ट्रुडो विगत नौ वर्षदेखि सत्तामा रहेका छन् र प्रधानमन्त्रीको रुपमा काम गर्दै आएका छन् ।

केहि महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका छन् । गत महिना उनकी अर्थमन्त्रीले पदबाट राजीनामा दिएकी थिइन् ।

ओपिनियन पोलका अनुसार लिबरल पार्टी कन्जरभेटिभभन्दा निकै पछाडि छ । 'द ग्लोब एन्ड मेल' समाचारका अनुसार ट्रुडोले बुधवार पार्टी ककस बैठक अघि आफ्नो पार्टीका सांसदहरूले उनलाई बाहिरको बाटो देखाउन चाहन्छन् भन्ने धारणाबाट जोगिनका लागि राजीनामा दिएको विश्लेषण गरिएको छ ।

उनले राजीनामा दिएपनि लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीको रूपमा रहिरहने भएका छन् ।

क्यानडामा आगामी अक्टोबर २० भन्दा अगाडी आम निर्वाचन गर्नुपर्ने बाध्यता रहेको छ । अहिले जारी पोल अनुसार ट्रूडोको लिबरल पार्टी विपक्षी कन्जरभेटिभ पार्टी भन्दा निकै पछाडी रहेको छ । ट्रूडो नेतृत्वमा २०२१ मा लिबरल पार्टीले बहुमत गुमाए पनि गठबन्धनको सरकारको नेतृत्व गरिरहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update